Monday, April 9, 2012

यो कस्तो नयाँ वर्ष ?

म उठ्दा जब धरणी निदाउँछ
नयाँ बर्षे कामनाको दियो जलाऊछ |

अनि यौटै पुकारले मलाई साताउँछ
एकै चोटी चिच्चाएर पिडा जताउँछ

फर्केर हेरिन्दैनन गुज्रिएका फूल ती
क्षमा आचना गरिन्दैनन् गरिएका भूल ती

अनी लिइन्छ त्यो पावांधीको कामना
कुसलतासंगै उझाड जीवनको सामना

हाँस्दै मनाउछन्, अरु रोएका छन् यहाँ
रगतको भेललाई बलि भन्दछन् जहाँ

हाँस्छ युग पनि देखेर तिमीलाई मानब
मेट्ने कस्ले हो तिमी भित्रको पापी दानव ?

युगको समय छाडीन्छ त्यी कतारको हातमा
आन्त्य कस्तो होला, चित्त बुझाउनु छ लातमा

आसुँका धारा, पानी भनि एक दिन पिउनेछन्
रगतका फाल्सा, टिका ठानी एक दिन लगाइनेछन्

खित्का छोड्दै यो अहितकारी समय पायौं भनी
बस्नेछन् जब घरा-धरणी आन्त्यका दिन गनी

म कैदी पनी यौटै दिनेछु हौसला तिमीलाई
उजाड्नेछन् सारा सपना , कल्पना जलाई

Sunday, April 8, 2012

अगाडी बढ्नु छ |

तातो बालुवामा तुँवालो लगाएर
खाली खुट्टामा हिड्ने साहास जगाएर

म भोलि मुटु काप्ने अग्निपरीक्षामा होमिन
नआत्ति भौतिक प्रपन्चबाट जोगिन

रक्ताम्य मोर्चामा हतियार बिना पापमा
महत्व खोज्न रुवाईको अलापविलापमा

सेतो मरुभूमिमा हिड्न नग्न शरीर लिएर
रातो मरुभूमिमा घर्सन आफ्नै पसिना पिएर

निर्जन भूमिमा एकमुठी सासको तलासमा
कुल्चदै आर्थहिन मानिसका जिउँदा लाशमा

म भोलि मुटु काप्ने अग्निपरीक्षामा होमिन
नआत्ति भौतिक प्रपन्चबाट जोगिन

मेटाउन धब्बा त्यो टुकीको आफै मुनिको
धर्म रच्न अब असत्य मेटाई गुनिको

धावा बोल्ने ओठलाई अचेतको सिकार परेर
रिस अनि उन्नतिको बाधक घिनलाई छाडेर

म भोलि मुटु काप्ने अग्निपरीक्षामा होमिन
नआत्ति भौतिक प्रपन्चबाट जोगिन

मेरा भावनामा आशाका टुसा उमार्न
नयाँ उज्यालोको लागि आधुनिक धोका उघार्न

सफलतालाई चुमेर सारा पिडा बिर्साएर
नुनचुकको गुफामा आहत शरीर घिर्साएर

म भोलि मुटु काप्ने अग्निपरीक्षामा होमिन
नआत्ति भौतिक प्रपन्चबाट जोगिन

आमाको माया छाडेर आगाडी बढ्न
मामाको दक्षिणा गाडेर मोर्चामा लड्न

परस्पर बिरोधी पानीमा आगो मिलाएर
चिरिएको घाउँमा सियो लिई आफैं सिलाएर

म भोलि मुटु काप्ने अग्निपरीक्षामा होमिन
नआत्ति भौतिक प्रपन्चबाट जोगिन

अब दुखाईमा हाँसेर सारा पिडालाई तोड्नु छ
अब नरोक मलाई अब म अगाडी बढ्नु छ |
अगाडी बढ्नु छ |

Wednesday, March 7, 2012

Who is Joseph Kony?

Why do you need to know about this guy? Why should one need to work to make this person famous? To find out the answer to this question, one must watch this video.

KONY 2012 is a film and campaign by Invisible Children that aims to make Joseph Kony famous, not to celebrate him, but to raise support for his arrest and set a precedent for international justice.

If you think that this person needs attention then recommend this page by clicking like button below.

Wednesday, February 29, 2012

Get Inspired



Get inspired with these inspirational slideshows of love, courage, respect and determination! Make sure to commit every second of them to memory, for you never know when you will need it.If this post appears unreadable then click read more see the sideshow.




The seven Wonders of world.

Related Posts Plugin for WordPress, Blogger...
Protected by Copyscape Web Copyright Protection
Twitter Delicious Facebook Digg Stumbleupon Favorites More