म उठ्दा जब धरणी निदाउँछनयाँ बर्षे कामनाको दियो जलाऊछ |
अनि यौटै पुकारले मलाई साताउँछ
एकै चोटी चिच्चाएर पिडा जताउँछ
फर्केर हेरिन्दैनन गुज्रिएका फूल ती
क्षमा आचना गरिन्दैनन् गरिएका भूल ती
अनी लिइन्छ त्यो पावांधीको कामना
कुसलतासंगै उझाड जीवनको सामना
हाँस्दै मनाउछन्, अरु रोएका छन् यहाँ

रगतको भेललाई बलि भन्दछन् जहाँ
हाँस्छ युग पनि देखेर तिमीलाई मानब
मेट्ने कस्ले हो तिमी भित्रको पापी दानव ?
युगको समय छाडीन्छ त्यी कतारको हातमा
आन्त्य कस्तो होला, चित्त बुझाउनु छ लातमा
आसुँका धारा, पानी भनि एक दिन पिउनेछन्
रगतका फाल्सा, टिका ठानी एक दिन लगाइनेछन्
खित्का छोड्दै यो अहितकारी समय पायौं भनी
बस्नेछन् जब घरा-धरणी आन्त्यका दिन गनी
म कैदी पनी यौटै दिनेछु हौसला तिमीलाई
उजाड्नेछन् सारा सपना , कल्पना जलाई
11:49 PM
allnighter



